चौथो पटक थपियाे नारायणगढ-बुटवल सडक आयोजनाको म्याद

नारायणगढ-बुटवल सडक आयोजनाको म्याद फेरि एक वर्ष थप गरिएको छ।

तेस्रो पटक थप गरिएको म्याद सकिँदासम्म जम्मा ७० प्रतिशत मात्र भौतिक प्रगति भएकोमा एक वर्ष थप गरी २०८३ साउन ७ गतेसम्म म्याद थप गरिएको हो। साढे तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त सडकको म्याद अहिलेसम्म चार पटक थप गरिएको छ।

निर्माण कम्पनीले डेढ वर्ष म्याद थप गर्न चाहेको भए पनि एक वर्ष भित्र निर्माण सम्पन्न गर्ने विश्वास दिलाएपछि अन्तिम पटकका लागि म्याद थप गरिएको आयोजनाले जनाएको छ।

२०७५ साल माघ २४ गते ठेक्का सम्झौता हुँदा साढे तीन वर्षमा अर्थात् २०७९ साल साउन २२ गतेसम्म सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सर्त थियो।

सडक विभागसँग ठेक्का सम्झौता गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ चैतदेखि नै निर्माण सुरू गरिएको हाे।
ठेक्का सम्झौता गर्दाको २०७९ साउन २२ गतेको म्याद सकिएपछि पहिलो पटक एक वर्ष थप गरी उक्त म्याद २०८० भदौ १२ सम्म पुर्‍याइएको थियो। त्यसपछि दोस्रो पटक ११ महिना म्याद थप गरी २०८१ साउन ८ गतेसम्म तेस्रो पटक पुन एक वर्ष म्याद थप २०८२ साउन ८ गतेसम्म पुर्‍याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here