दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, १० अर्ब ८२ करोडबढीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव आइरहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट १० अर्ब ८२ करोड २४ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज धेरैजसो लगानीकर्ताहरु बैंकिङ समुहमा झुम्मिदा यस समुहको परिसुचक २३ दशमलव९८ अंकले उकालो लागेको नेप्सेले जानकारी दिएको छ । सोमबारबैंकिङसँगै व्यापार, लघुवित्त, जलविद्युत, जीवन बीमालगायतका ७ समुहको परिसुचक उकालो लागेको छ । यता ६ समुहको परिसुचकमा भने गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४० कम्पनीको सेयरमूल्य बढ्दा १ सय १० कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here