काठमाडौं । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी हुँदै छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
परीक्षामा ५लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यस्तै युसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी नतिजा थाहा पाउन सकिन्छ।























