पानी पर्ने सिजन छ, बाढि आए के गर्ने

काठमाडौं । अहिले देशभर वर्षाका कारण बाढि तथा पहिराेकाे जाेखिम छ। याे समयमा निरन्तर बर्षा हुने हुँदा नदि नाला तथा खाेलामा पानिकाे वहाव बढेर बाडि आउने गर्छ। यस्ताे बेलामा कसरी सतर्कता अपनाउने!

बाढि आईहाले के गर्ने?

-नआत्तिने, तर जतिसक्दो चाँडो अग्लो र सुरक्षित ठाउँमा जाने ।

-सातु, भुटेको अन्न, चिनी, चिउरा जस्ता तयारी खानेकुरा साथमा लैजाने ।

-बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, विरामी, अपाङ्गता भएका व्यक्तिहरुलाई सबैभन्दा पहिले सुरक्षित ठाउँमा लैजाने ।

-घरको हरेक सामान जोगाउन र खोज्ज्रपट्टि नलाग्ने, महत्वपूर्ण कागजात, नगद, गहना र औषधी राखिकएको झोला सुरक्षित ठाउँमा पुर्याउने ।

-तल्लो तटमा बस्ने समुदायमा बाढी आएको बारे सूचना तुरुन्त दिने ।

-प्रहरी, सुरक्षा निकाय र प्रशासनमा खबर गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here