तार्केश्वर नगरपालिकाका अध्यक्षसहित ११ जना पक्राउ

काठमाडौं । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । सीमा विवादका विषयमा उनीहरु पक्राउ परेका हुन् ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेकोमा सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो ।

२३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेपछी ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here