इजी मोबाइलमा कम्बो अफर, एउटामा किस्ता अर्कोमा छुट

काठमाडौं, २ फागुन । ईजी मोबाइल केयरले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने छ । यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एउटै मासिक किस्तामा किन्न पाइने छ । त्यसको लागि ग्राहकहरुले केबल रु. १ रुपैयाँ तिरे हुने व्यवस्था गरिएको छ ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस१० सँग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ ।

त्यसैगरि ग्यालेक्सी एस१०प्लससँग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसंग एम २०का साथमा सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन रु. १ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।

यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्त रुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभो कै भी नाइन र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ ।
ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ ।

हुवावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक रु.१ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध रहेको कम्पनीका अध्यक्ष संजित पौडेलले जानकारी दिए ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ ।

यस कम्पनीबाट रु. १ मा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा हुनेछ भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।

अध्यक्ष पौडेलकाअनुसार यो कम्बो मासिक किस्ताबन्दी अफर बाहेक सामसंग, हुवावे, भीभो, साओमी, ओपोलगायत नेपालमा उपलब्ध सम्पूर्ण ब्राण्डका अन्य सबै स्मार्टफोनहरु रु.१ मा नै किन्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here