काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेर २८५० मा कायम भएको छ ।
बिहिवार १८७ कम्पनीको मूल्य बढ्दा ६२ कम्पनीको घटेकाे छ। आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भएकाे हाे। फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढेकाे छ।
त्यस्तै बैंक ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढेका छन् ।
आज सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.८१ प्रतिशत बढेकाे छ। त्यस्तै बरुण हाइड्रोपावरको ९.७८, मकर जितुमाया सुरी हाइड्रोपावरकमो ७.५६, खानीखोला हाइड्रोपावरको ६.१९, लिबर्टी इनर्जीको ५.७२, आईसीएफसी फाइनान्सको ४.४२ प्रतिशत बढेकाे छ। यता उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरे ८.२६ प्रतिशत घट्यो । समाज लघुवित्तको ५.४२, सान्भी इनर्जीको २.७१ तथा मैलुङखोला जलविद्युतको २.६९ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा तथा युनाइटेड मोदी हाइड्रोपावर छन्।

























