काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ ।
पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो । सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको हो ।
घटनामा कुनै मानवीय क्षति भने भएको छैन । अहिले जिप पहिरोबाट उद्धार भइसकेको पनि उनले जानकारी दिए ।
























