काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ताेलामा ११ सयले गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।
आइतबार सुनको मूल्य एक लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीकाे भाउ पनि घटेकाे छ। आज चाँदी दुई हजार ३१५ रुपैयाँ तोकिएको छ।
आइतबार चाँदी प्रतितोला दुई हजार ३३० रुपैयाँ पुगेको थियो।























