काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटना स्थलमा जिल्लाका प्रहरी निरीक्षक हरिराम डाँगीको टोली पुगेको छ। भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदेतर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा मध्य रातिमा दुर्घटना परेको थियो।
एम्बुलेन्स उदय युथ क्लब रुकुम पश्चिमको हो।
























