काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टीबाट राजीनामा दिएका छन् ।
पार्टीका वरिष्ठ नेताको रहेका झाले एक महिना अघि राजीनामा दिएकोमा राजीनामा स्विकृत समेत भइसकेको छ । लोसपामा निष्कृय रहेका झा पार्टी बैठकमा समेत सहभागी हुन छोडेका थिए ।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । खानेपानी मन्त्री समेत भएका झा २०७९ को चुनावमा भने उनी पराजित भएका थिए ।

























