शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा दुई जना पक्राउ

काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।।

ठाकुरलाई हड्डी र खरानी खरिद गरेकाे र यादव भने सहयोगीको भूमिकामा देखिएका भन्दै बिहीबार पक्राउ गरेको हो।

साउन २३ गते पौने ३ बजे पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेको घटना बाहिर आएको थियाे।

पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीले जल्दै गरेको शवबाट हड्डीसहित खरानी निकालेर बट्टामा राखेको आरोप लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here