जम्मू कश्मीरमा बादल फाटेर मृत्यु हुनेकाे सङ्ख्या ३३ पुग्याे

काठमाडौं । बिहीबार जम्मू कश्मीरको किश्तवाडमा रहेको मचैल माता मन्दिर नजिकै बादल फुट्दा ३३ जनाको मृत्यु भएको छ । बादल फाटेर बाढि आउँदा फसेका ५० जनाको उद्धार गरिएको छ।

घटनामा १२० भन्दा बढी घाइते र २०० भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो।

बिहिबार दिउँसो भएको घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको छ र ठुलो मात्रामा अपरेशन सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here