ट्रम्पले फोन गरेर जेलेन्स्कीसँग गरे वार्ता, वाशिङ्टन आउने निम्तो दिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्। शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।

सिएनएनका अनुसार ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्। ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्।

साथै ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै त्यसका लागि धन्यवाद पनि भनेको सिएनएनले उल्लेख गरेको छ। जेलेन्स्कीले भनेका छन् राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्नेछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here