नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिराले एक घाइते, सडक अवरुद्व

काठमाडौं । नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरोमा परेर एक जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लाग्दा चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अबरुद्ध भएको हाे।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here