तोलामा ७ सय रुपैयाँ घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो ।

साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियाे । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३१० मा किनबेच भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here