काठमाडौं । अव विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भएकोले यस्तो नियम लागु गरिएको हो ।
अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनी तथा सरोकारवाला निकायसँगको छलफल पश्चात यो निर्णय लिएको बताएको छ।
विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयन प्राधिकरणलाई उडानको तालिम समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ ।
विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।
























