२ भदाै, काठमाडौं । कुवेतमा विषालु रक्सिकाे सेवन बाट मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । राजदूतावासका अनुसार करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
जठ
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा ठ बिरामी परेका थिए । यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार १६० भन्दा बढी प्रभावित भएका छन् ।
कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।
यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।
अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

























