रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछी रगत जाँच गर्न अस्पताल पठाइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए । सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

रगतको रिपोर्ट भने आउन बाँकी छ । लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here