तोलामा १२ सय रुपैयाँले घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएकाे छ । अघिल्लो दिन सुन ताेलामा १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो ।

यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०० रुपैयाँमा झरेको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here