४ भदौ, काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटनाहुँदा १७ जना बालबालिका सहित ७३ जनाको मृत्यु भएको छ ।
दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू रहेकाे बिबिसिले उल्लेख गरेकाे छ। तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा मंगलबार ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् ।
बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् ।
























