काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे सुख्खा पहिरो खसेको हाे।
पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।
हाल प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अवरुद्ध हूँदा काठमाडौंबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका जाने सवारी रोकिएका छन ।























