एकतर्फ खुल्यो धुलिखेल–खावा सडक

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक एकतर्फी खुलेको छ।

धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएकोमा अहिले सञ्चालनमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here