साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ। आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे खेल सुरु हुनेछ।

यसअघि पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्। चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।

नेपालले अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ।

प्रतियोगितामा नेपालले सातौं पटक सहभागिता जनाउँदा एक पटक मात्र उपाधि जितेको छ। नेपालले सन् २०२२ मा उपाधि जित्न सफल भएको छ।

यता भारत र बंगलादेशले दुई दुई पटक उपाधि जित्न सफल भएका छन्।

नेपाली टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here