काठमाडौं । पौडी खेल्न बागमती नदीमा पसेका व्यक्ति मृत फेला परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–११ घर भइ ललितपुर बस्ने २० वर्षीय अभिषेक राई शनिबार दिउँसो ५ बजेतिर उनी पौडी खेल्ने भन्दै गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल निकुञ्जभित्रको बागमती नदीमा पसेका थिए ।
उनी बेपत्ता भएको भन्दै प्रहरीमा खबर आएपछि प्रहरी प्रभाग सुन्दरीजल, नेपाली सेनाको विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी बलको टोली समेत खोजतलासका लागि खटिएको थियो ।
शनिबार उनी फेला पर्न सकेनन् । आज आइतबार भने बागमती नदीको बोक्सी दह नजिकको ढुंगाको कापमा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए।

























