चाँदिकाे भाउमा नयाँ रेकर्ड !

काठमाडौं । सोमबार चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २३५५ रुपैयाँ पुगेकाे छ । आजको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत साउन ७ गते र हिजो आइतबार प्रतितोला २३५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यता सुनको भाउ भने घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ घटेको हाे। आजका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here