काठमाडौं । बारामा पनि हैजाको संक्रमण पुष्टि भएको छ । कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् ।
हैजाको प्रकोप फैलिएको जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आइरहेका थिए । घरबाटै उनी काम गरेर आउजाउ गर्दै आइरहेका थिए । तर आइतबार अचानक झाडापखलाको समस्या देखिएपछि उनी उपचारका लागि कलैया अस्पतालमा भर्ना भएका थिए ।
हैजा संक्रमण पुष्टि भएसँगै उनको गाउँघरमा स्वास्थ्यकर्मी पठाएर अरू व्यक्तिमा झाडापखलाको लक्षण छ कि छैन भनेर अनुगमन शुरु भएको छ।





















