काठमाडौं । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हाे ।

जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here