काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।



















