काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् ।
शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका धर्ना दिएका हुन् ।
विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन माग गर्दै धर्नामा बसेका हुन् ।
माग सम्बोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।





















