काठमाडौं । पृथ्वी राजमार्गको धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बाँदरेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अवरुद्ध हुँदा यातायातका साधन तथा यात्रुहरु अलपत्र परेका छन् ।अहिले पहिरो पन्छाउने कार्य शुरु भइसकेको छ ।

























