काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेर नयाँ रेकर्ड बनाएको सुनले आज पनि रेकर्ड राखेको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार सुन प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार चाँदी तोलामा २३६० रुपैयाँमा कारोबार भएको थियो ।





















