अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।
नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।
६ म्याग्नेच्यूडको भुकम्पपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।
त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।


























