प्रहरीको गोली प्रहारबाट कपिलवस्तुमा एकको मृत्यु,दुई घाइते

कपिलवस्तु ,१४ कात्तिक । हिन्दू र मुश्लिम समुदायबीचको झडपपछि कृष्णनगर तनावग्रस्त बनेको छ । स्थिति सामान्य पार्न प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यू लगाएको छ ।

कर्फ्यू अवज्ञा गर्दा एक जनाको मृत्यु भएको छ । कर्फ्यू अवज्ञा गर्नेलाई प्रहरीले गोली प्रहार गर्दा कपिलबस्तुको कृष्णनगरमा एक २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको दाबी गरिएको छ । तर प्रहरीले भने यसबारेमा कुनै पुष्टि गरेको छैन ।

दुई समुदायबीचको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here