काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढसँगै स्थानीय बजारमा पनि त्यसको असर देखिएकाे छ। पछिल्लाे समय सुनकाे भाउले दिनदिनै नयाँ रेकर्ड बनमइरहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला दुई लाख पाँच हजार ९ सयमा कारोबार भएको सुन। आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । यता चाँदीको मूल्य भने आज सामान्य घटेकाे छ। चाँदि प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





















