दमौलीमा २ स्कुटर एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु

१८ भदौ, काठमाडौं। तनहुँमा दुई स्कुटर ठाेक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य हाे।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here