१९ भदौ, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार सेयर बजार ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ ।
आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भएकाे हाे । ८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।
बैंकिङ ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशत घटेका छन् ।
यता व्यापार ०.५८ प्रतिशत बढेकाे छ।
हिमस्टार ऊर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ। त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरको ६.०७, माथिल्लो मैलुङखोला जलविद्युतकाे ६.०५, उपकार लघुवित्तको ५.०९ प्रतिशत मूल्य बढेका छन्।
यता बाराही हाइड्रोपावरको मूल्य ३.८३, पिपुल्स पावरको ३.४५, दिव्यश्वरी हाइड्रोपावरको ३.४५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.३० प्रतिशत मूल्य घट्यो ।


























