लिपुलेकबारे चीनसँग स्पष्ट कुरा राखेको प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको भूमि प्रयोग गरेर भारत र चीनले गर्न खोजेको व्यापारिक सम्झौताबारे आफूले चीनसँग कुरा राखेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले साे विषयमा स्पष्ट रुपमा नै कुरा राखेको बताएका हुन् ।

‘चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक वार्तामा मैले अरु कुरासँगै लिपुलेक सन्दर्भमा भारत र चीनबीच भएको सम्झौता, हाम्रो भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्ने भन्ने कुरा गर्न मिल्दैन भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा रेकर्डेड छ । ‘

त्यस्तै, चिनियाँ राष्ट्रपति सीले पनि भारत र नेपालबीचको विषय भएकाले कुटनीतिक रुपमा सल्ट्याउन भनेको उनले बताए ।

‘चिनियाँ राष्ट्रपतिले नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने र यसबाट तपाईंहरूलाई जुन आशंका हुन गएको छ त्यसमा हाम्रो ध्यान छ,’भनेकाे उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here