आज खग्रास चन्द्रग्रहण, राति ११ बजेदेखि १: ४१ मिनेट सम्म देख्न सकिने

२२ भदौ, काठमाडौं । आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने भएकोले चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ ।

यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ ।

खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ र चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ ।

धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । त्यसैले भन्ने गरिन्छ ग्रहणको बेला पूजापाठ गर्नु, खाना खानु हाँस्यव्यंग्य र सहबास गर्नसमेत नहुने बताइन्छ ।

यता वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । तर ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरु सुझाव दिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here