जेनजीको प्रतिवाद घोषणाबारे बोले प्रधानमन्त्री, भने ‘कानुनबारे स्पष्ट छन् भन्ने लागेको छ’

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सोमबार सडक प्रदर्शनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको बताएका छन् ।

उनले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरेका छन् । नयाँ पुस्ता राष्ट्रियताप्रति सचेत, अनि विधि कानुनबारे स्पष्ट छ भन्ने अपेक्षा आफूले राखेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ ,देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु ।’

उनले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको उद्देश्य नरहेको तर्क गर्दै दर्ताका लागि आह्वान मात्रै गरिएको बताए ।

सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहितका २६ सामाजिक सञ्जालमाथिको पहुँच रोक्न सेवा प्रदायकहरूलाई निर्देशन दिएपछि सरकारको निर्णयको विरोधमा जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिने घोषणाका बीच प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here