त्रिविमा करिब ३०० उपप्राध्यापक पदमा जागिर खुल्याे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करिब ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलाएकाे छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो ।

सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१, कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ । र

दरखास्त दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गते राति ११ बजेर ५९ मिनेटसम्म ताेकिएकाे छ । त्यसपछि दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

त्रिवि सेवा आयोगको वेबसाइटबाट अनलाइन दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here