जेनजि प्रदर्शन : प्रहरीद्वारा अश्रुग्याँस प्रहार

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रदर्शनकारी निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here