२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएकाे छ। मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ ।
सरकारले कर्फ्यू घोषणा गरेपनि अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।
संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।
भागदौडमा कतिपय घाइते भएका छन् ।























