काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घटेको हो ।
आज कुल ३ सय २० कम्पनीका १ करोड १७ लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २३ करोड ३७ लाख माथि पुगेको छ ।
कारोबारमा आएकामध्ये २ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट छ। यता २२ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज सबै समुहको परिसुचक ओरालो लागेका छन् ।



















