काठमाडौं । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।
मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा आगजनी हुँदा
आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुले जनाएको छ।
उनका अनुसार शव पुरूषको हो। तर शव पहिचान हुनसकेको छैन।

























