छलफलबाट बाहिर निस्किए जनजी प्रतिनिधि

२५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् । छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् ।

उनले भनेकि छिन् ‘आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जि प्रदर्शनकारी प्रतिनिधिहरु मिलेर एउटै दस्तावेजमा काम गर्नेछौं,’ उनले भनिन्, ‘हामी सबै एकैठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र बाहिरिएका थियौं ।’

उनले लेखेकी छिन् राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं।

जेनजीका मागहरु, राज्यको आगामी बाटो जानजीले तयार गर्नुपर्छ भन्ने आफूहरूको मुख्य अडान रहेको उनले भनेकी छन् । अहिले जंगीअड्डामा जेनजी प्रतिनिधिहरु छलफलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here