महराविरुद्ध जबर्जस्ती करणी मुद्दा

काठमाडौ, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको गरेको हो ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसकै दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई आधामात्र सजाय हुने व्यवस्था छ ।

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका थिए । असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कात्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here