दशैंको टीकाको साइत ११ बजेर ५३ मिनेटमा

टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने

३१ भदौ, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउँदा लगाइ दिने पश्चिम र लगाउने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेकाे छ। त्यस्तै असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here