सीमा समन्वयात्मक बैठक: समाजिक सदभाव र सीमा सुरक्षामा जोड

पप्पु गुरुङ्ग, दोधारा, १५ कात्तिक । माहाकाली नगरपालिका वडा नं. १० को सीमा क्षेत्र नजिक पर्ने भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुर क्षेत्रमा रहेको भारतिय सीमा सुरक्षा बल एसएसबी क्याम्पमा स्थानिय स्तरको सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ् ।

युएनडिपीको समाजिक सदभाव तथा लोकतान्त्रीक सहभागीता कार्यक्रमको सहयोग तथा संजीवनी नेपालको आयोजना तथा सनसेट युथ भोलिन्टर समुहको सहकार्यमा बैठक बसेको थियो ।

वैठकमा माहाकाली नगरपालिका नगरप्रमुख बिर बहादुर सुनार, नगर उपप्रमुख चिनी गिरी ओझा, माहाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. १० का अध्यक्ष नर बहादुर सुनार, माहाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानदेव भटट, शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिह भण्डारी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक चेतराज पनेरु, संजीवनी नेपालका कार्यक्रम संयोजक अमिर तिरुवा, सनसेट माहाकालीका संयोजक रमेश भण्डार, सशस्त्र प्रहरीका बरिष्ठ हल्दार प्रेम बहादुर चन्द, नागरिक समाजका सदस्य टंकलाल जोशी लगाएतको उपस्थिती रहेको थियो ।

भारतका तर्फ देखि भारतीय सीमा सुरक्षा बल एसएसबीका सहायक डिपुटी कमाण्डर सुनिल सिह रावत, नौजलिया एसएसबीका ईन्सपेक्टर सयन्त सरकार, भारतीय प्रहरीका लेखपाल सिह, बोदिपुर क्षेत्रका ग्राम पञ्चायत राम नारायण लगाएत नेपाल–भारतका प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।

भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुर क्षेत्र स्थित रहेको कम्पनी हेडक्वाटरमा भएको स्थानिय स्तरको सिमा समन्वयात्मक बैठकमा सिमा सुरक्षा, मानव बेचबिखन, कुलत न्युनीकरण, लागु औषध लगाएत बिषयमा छलफल भएको माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले जानकारी दिएका छन् ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले स्थानिय स्तरमा बस्दै आएको दुबै देशको सीमा बैठक निकै फलदायक बन्दै गएको बताएका छन् । सीमा क्षेत्रमा हुने बिबाद केही हद सम्म स्थानिय स्तरको बैठकले साम्य हुने बताईएको छ् । सीमा क्षेत्र नजिक घरेलु मदिरा नियन्त्रण, भारतीय झोले छाप डाक्टरहरुको निगरानी लगाएत बिषयमा छलफल भएको थियो ।

दुबै देशका सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागु औषध ओसार–पसार, अवैध व्यापार रोक्न सहकार्य गरेर जाने प्रतिबद्धता समेत जनाएका हुन । बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर लुकेर बस्ने अपराधीका बारेमा सूचना आदान प्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदान–प्रदान गर्ने सहमती भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह धामीले बताएका छन् ।

बैठकमा बोल्दै भारतीय सिमा सुरक्षा बल एसएसबीका सहायक डिपुटी कमाण्डर सुनिल सिह रावतले नेपाल र भारत दुई पक्षको सुरक्षाकर्मीको सहकार्यले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् ।

माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले नेपाल र भारतका सुरक्षाकर्मी सिमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई रोक्न सहकार्य गरेर जानु पर्नेमा जोड दिएका थिए ।

बैठकको संचालन संजीवनी नेपालका कार्यक्रम अमिर तिरुवाले गरेका थिए भने समापन माहाकाली नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here