अबको संसद बैठक सिंहदरबारभित्रैको भवनमा बस्ने

१ असोज, काठमाडौं। संसद बैठक अब सिंहदरबार भित्र बस्ने भएको छ। अब जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नबसि
सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट संसद बैठक चल्ने भएको हाे।

बुधबार क्षतिको अवलोकनका लागि पुगेका अन्तरिम सरकारका मन्त्रीहरूले यस्ताे जानकारी दिए ।

बीआईसीसी सम्मेलन केन्द्रमा गएको भदौ २३ र २४ गते आगजनी र तोडफोड भएको थियो ।

बुधबार अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद भवनको काम सम्पन्न हुने र त्यही नै संसदको बैठक बस्ने जानकारी दिएका हुन्।

मन्त्री घिसिङले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको बीआईसीसी भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरुपमा फर्काइने बताए ।

त्यस्तै तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन, दिर्घकालीन योजनामा पुनर्निर्माण सुरु गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here